नेपालदेखी भारत जाँदै गरेको बस दुर्घटनाः ६ महिनाको बालकसहित दुई दर्जन घाइते
कार्तिक ३, काठमाडाैँ । आइतबार नेपाल देखी भारत जाँदै गरेको बस दुर्घटना हुँदा दुई दर्जन यात्रु घाईते भएका छन् ।
नेपाल देखी शनिबार साँझ ५ बजे भारतको नयाँ दिल्लीको सरौलीनगरका लागि छुटेको बस भारतको लखनऊमा दुर्घटना हुँदा दुई दर्जन यात्रु घाइते भएका हुन् ।
भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ड्राइभरलाई निदाएका कारण विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर उक्त दुर्घटना हुन पुगेको बताईएको छ ।
नमस्ते सुपा देउराली ट्राभल्स प्रालिको युपी १७ एटी ४७५५ नम्बरको भारतीय नम्बरको भएको यस बसमा दुर्घटना हुँदा २ दर्जन यात्रु घाइते भएको यस ट्राभल्सका उपाध्यक्ष कृष्ण शर्माले जानकारी दिएका छन् । ८२ सिट क्षमता भएको यस बसमा गाडीभित्र नै टिकट काट्ने गरिएकोले बसभित्र के कती यात्रु थिए यकिन साथ भन्न नसकिएको ट्राभल्सका उपाध्यक्ष शर्माले बताएका छन् ।
दुर्घटनामा परी घाइते हुनेमा नविन थापा, नन्दु, टेकबहादुर, धनकुमारी थापा, अनिता थापा, तारा, प्रेम, मुमादेवी थापा, चरण विष्ट, सुनिता विष्ट लगायत रहेको जानकारीमा आएको छ । उक्त दुर्घटनामा ६ महिनाको बालक समेत घाइते भएको बताईएको छ ।
घटनाको बिस्कृत जानकारी भने आउँन बाँकी नै रहेको छ ।