लागूऔषध सहित तीन प्रहरी नियन्त्रणमा

फागुन १६, काठमाडौँ । गोप्य सूचनाको आधारमा प्रहरीले वीरगञ्ज–१६ शंकराचार्य गेटस्थित सडकबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।   

 लागूऔषध गाँजसाहित प्रहरीले बिहार छपरा ग्राम महुली वडा नं.२ थाना तरैया बस्ने ३५ वर्षीय दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनीलाई पक्राउ गरेको हो ।   

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पैदल यात्रा गरी भारत जाँदै गरेका उनीहरुको साथबाट  प्लाष्टिकमा पोका पारेर डोरीले पेटमा बाँधी राखेको अवस्थामा ६ किलो गाँजा बरामद गरिएको छ ।   

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =