आवश्यकता पूरा हुने सहायता स्वीकारौँ : डा.महत

माघ ६, कास्की । नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा.प्रकाशशरण महतले देशको आवश्यकता र स्वार्थ पूरा हुने सहयोग र सहायता स्वीकार गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उनले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाली जनताको हित र आवश्यकताको पक्षमा रहेकाले आफ्नो पार्टीले समर्थन गरेको उल्लेख गरे। 

देशको आवश्यकता र स्वार्थलाई निश्चित देशसँगको सम्बन्धबाट कति सुरक्षित गर्न सक्दछौँ भन्ने परराष्ट्र नीतिको मूल विषय रहेको चर्चा गर्दै उनले भने, ‘कुन देशको राजनीतिक प्रणाली कस्तो छ भन्नेमा त्यही देशको सरोकार हो । हाम्रो सरोकार देशदेशसँगको सम्बन्ध हो, त्यहाँको राजनीतिक प्रणालीसँगको सम्बन्धको कुरा होइन ।’ 

‘यति ग्रुप’को हातमा देशको राष्ट्रिय सम्पत्ति अपारदर्शिरुपमा एकपछि अर्को ढङ्गले जिम्मा लगाउने काम भएको भन्दै उनले सरकारको गलत कामको विरोधलाई पार्टीले तीव्र बनाएर लैजाने र राम्रो कामको समर्थन गर्ने बताए । काँग्रेसको आगामी वर्ष हुने महाधिवेशन तोकिएकै मितिमा हुनेमा पार्टीभित्र सहमति भइसकेको बताउँदै उनले सबै विषय मिलिसकेकाले आगामी वर्ष फागुन ७ देखि १० गतेसम्म महाधिवेशन हुने उल्लेख गरे । रासस 

Image result for डा.प्रकाशशरण महत

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =