टाटा मोटर्सका गाडीहरू किन्दा ९० प्रतिशतसम्म फाइनान्स सुविधा

भदौ १२, काठमाडौँ । नेपालका लागि टाटा मोर्टसको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा मोटर्सको गाडीहरू किन्ने योजनामा रहेका ग्राहकहरूका लागि अब ९० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गर्ने भएको छ । त्यसका लागि सिप्रदीले सांग्रिला विकास बैंक तथा सानिमा बैँकसँग सम्झौता गरेको छ ।   

भेइकल लोन अन्तर्गत कमर्सियल गाडीहरू, सेमी–कमर्सियल गाडीहरू तथा प्यासेन्जर भेइकल (यात्रुवाहक गाडीहरू) खरिदका लागि दुई वटा बैँकहरूसँग सिप्रदीले भेइकललोन (गाडी कर्जा) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । 

उक्त सम्झौता अन्तर्गत सांग्रिला विकास बैँकबाट भ्याट बिलमा उल्लेख भए बमोजिम मूल्यको ९० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गरेको छ ।   

यात्रुवाहक गाडीहरू किन्न भ्याट बिलमा उल्लेख भए बमोजिमको मूल्यको ५० प्रतिशतसम्म फाइनान्स सुविधा प्रदान गरेको छ । कमर्सियल गाडी र सेमी–कमर्सियल गाडीहरूको कर्जा पाँच वर्षभित्र चुक्ता गर्नु पर्छ भने यात्रुवाहक गाडीहरूको कर्जा सात वर्षभित्र तिरिसक्नु पर्ने व्यवस्था रहेको छ ।   

सिप्रदी कम्पनीजका उपाध्यक्ष सौरभराज थपलियाको उपस्थितिमा सिप्रदीकातर्फबाट सेल्स तथा मार्केटिङ्गका जेनरल म्यानेजर अनुपमणि ढकाल र सांग्रिला विकास बैंकका प्रमुख कर्जा अधिकारी रंजित मास्केले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।   

सानिमा बैँकसँगभने सिप्रदीले च्यासिसको मात्रफाइनान्स गर्ने सम्झौता हस्ताक्षर गरेको छ । भ्याट बिलमा उल्लेख भएअनुसार गाडीको कुलमूल्यको बढीमा ७० प्रतिशत तिर्न चाहने ग्राहकहरूले  गाडी कर्जा प्राप्त गर्न सक्ने छन् ।   

कर्जा चुक्ता गर्नका लागि ग्राहकहरूले पाँच वर्षको समयावधि पाउने छन् । सिप्रदी कम्पनीजका उपाध्यक्ष सौरभराज थपलियाको उपस्थितिमा सिप्रदीकातर्फबाट सेल्स तथा मार्केटिङ्गका जेनरल म्यानेजर अनुपमणि ढकाल र सानिमा विकास बैंकका रिटेल लेन्डिङ विभागका प्रमुख हेमराज संजेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।   

सिप्रदीकाअनुसार ग्राहकहरूको पहिलो रोजाई बन्ने कम्पनीको उद्देश्य अनुरूप उक्त सम्झौता गरिएको हो । टाटाका गाडीहरू किन्ने योजनामा रहेका ग्राहकहरूलाई सम्झौताहरूले आर्थिक रूपमा सहजबनाइदिने सिप्रदीको विश्वास छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =