‘बाघी ३’ ले पायो नेपाली हलमा शोलो रिलिज, के नेपाली चलचित्र ‘बाघी ३’ सँग भिड्न डराएकै हो त ?

फागुन २३, काठमाडौँ ।  शुक्रबार नेपाली चलचित्र घरमा कुनै पनि नेपाली चलचित्र प्रदर्शन नभएपछी भारतीय चलचित्र ‘बाघी ३’ ले शोलो रिलिज पाएको छ ।   

के नेपाली चलचित्र  ‘बाघी ३’सँग भिड्न डराएकै हो त ?  ‘बाघी ३’ नेपाली दर्शकको लामाे समयकाे पखाईको चलचित्र पनि हो ।   

‘बाघी ३’ को ट्रेलरले युट्युब ट्रेण्डिङमा शिर्ष स्थानमा बस्न सफल भएर पनि होला कुनै पनि नेपाली चलचित्रले यस चलचित्रसँग भिड्ने आँट नै गर्न सकेनन् ।   

यस चलचित्रले क्युएफएक्स चेनमा  निकै राम्रो शो पाएको छ ।  ‘बाघी ३’ले काठमाडौं भ्याली र मोफसलमा गरेर क्युएफएक्समा ५४ शो पाउनुको साथै अन्य मल्टिप्लेक्स हलमा पनि राम्रो शो पाएको छ । 

चलचित्रमा टाइगर श्राफ, श्रद्धा कपुर, रितेश देशमुखको मुख्य भूमिका रहेको छ ।  अम्हेद खानको निर्देशन गरेको यस चलचित्रमा टाइगर श्राफलाई एक्सन अवतारमा देखाईएको छ ।  चलचित्रमा रितेश देशमुख र टाइगरलाई दाजुभाइको रुपमा प्रस्तुत गरिएको छ। कथा त्यसैको वरिपरी रहेको बताइएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seventeen =