मिनीबसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

  

माघ २०, भरतपुर । चितवनमा मिनीबसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । 

पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा३ख २५६५ नं. को स्थानीय रुटमा चल्ने मिनीबसले ठक्कर दिँदा पैदल हिँडिरहेकी वृद्धाको आज बिहान ६ः१५ मा मृत्यु भएको हो । 

null

मृत्यु हुनेमा राप्ती नगरपालिका–४ डुडुवा चोककी करीब ७५ वर्षीया लीलामाया हुमागाईं रहेकी छिन् । 

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

ठक्कर दिने बस प्रहरी निन्त्रणमा रहेको र चालक फरार रहे पनि प्रहरीको सम्पर्कमा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =