स्पेनिस ला लिगाः मालोर्कालाई ३-० ले पराजित गर्दै भालाडोलिड विजयी, भिल्ला रियल र एथ्लेटिक गोलरहित बराबरीमा
२०७६ कार्तिक १८ गते

कात्तिक १८, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा मालोर्कालाई ३–० गोल अन्तरले पराजित गर्दै रियल भालाडोलिड विजयी भएको छ । आइतबार राति भएको खेलमा भालाडोलिडका लागि जोक्विन फर्नांडीज मोरेनो, एन्स युनल र सैंड्रो रामिरेज़ कैस्टिलोले एक/एक गोल गरेका थिए ।
भालाडोलिड जितसँगै तीन अंक जोडेको छ भने १७ अंकसहित तालिकाको १० औँ स्थानमा बसेको छ । यस्तै आइतबार राति नै भएको अर्को खेलमा भिल्ला रियल र एथ्लेटिक क्लब गोलरहित बराबरीमा रोकिएका छन् । भिल्ला रियल १८ अंकसहित सातौँ स्थानमा छ भने एथ्लेटिक क्लब १७ अंकसहित आठौँ स्थानमा छ ।
२०७६ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित








