ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

भदौ १७, दाङ । दाङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।   

पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही भालुवाङ सडक खण्डको पिपरीमा लु१९प ५५०६ र रा३प २०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किए लगतै पश्चिमबाट पूर्वतर्फ गइरहेको ना६ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।   

दुर्घटनामा परी घोराही–१५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही–४ निवासी २७ वर्षीय विनायक चौधरीको मृत्यु भएको हो ।   

Image result for दुर्घटना

घाइते दुवैको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।   

ट्रक र चालक प्रहरी नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =