जन्ती लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना, ३ को मृत्यु, ९ घाइते

फाेटाे फाइल 

माघ २४, बाग्लुङ । बाग्लुङमा जन्ती लिएर जाँदै गरेको ग.१ त ५७६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।   

बाग्लुङको तमानखोला गाउँपालिका -३ बुलबुलेस्थित सडकमा म्याग्दीको मालिकाबाट जन्ती लिएर जाँदै गरेको उक्त ट्याक्टर बिहिबार राती अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार म्याग्दी मालिका गाउँपालिका-२ जेम बस्ने २१ वर्षीया रिता पुन समेत गरी ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।   

Image result for ट्याक्टर दुर्घटना

साथै दुर्घटनामा घाइते भएका ५ जनाको स्थानीय स्वास्थ्य चौकी बोङ्गादोभानमा उपचार भइरहेको छ भने ४ जनालाई थप उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङतर्फ पठाइएको  प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *