१३ औं साग : जुडो मार्फत देविकाले दिलाईन् नेपाललाई स्वर्ण पदक
२०७६ मंसिर २२ गते

मंसिर २२, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत आईतबार भएको जुडो प्रतियोगितामा नेपाले स्वर्ण जितेको छ । नेपालका लागि देविका खड्काले स्वर्ण पदक जितेकी हुन् ।
लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले स्वर्ण जितेकी हुन् । उनले पहिलोमा श्रीलंकन र दोस्रोमा भारतीय खेलाडीलाई हराएकी थिइन् ।
null
२०७६ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








