मानव तस्करीको डरलाग्दो जालो: भारतबाट १७९ नेपालीको उद्धार
२०७५ फागुन ८ गते

काठमाडौं । म्यानमार हुँदै इराक लैजान लागिएका १७९ नेपालीलाई भारतबाट उद्धार गरेर नेपाल फर्काइएको छ । नेपाल सरकार र माइती नेपालको विशेष सक्रियतामा भारतको मणिपुरबाट १४७ जना महिला र ३२ जना पुरुषको उद्धार भएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लक्ष्मी काफ्लेले लेखेका छन् ।
काँकडभिट्टास्थित मेची भन्सार कार्यालय परिसरबाट उनीहरुलाई नेपालकै ६ वटा बसमा हालेर काठमाडौँ पठाइएको छ । पाँचवटा भारतीय बसमा राखेर मंगलबार बिहान उनीहरुलाई पूर्वी नाका काँकडभिट्टा हुँदै स्वदेश फर्काइएको हो ।
उनीहरुको सुरक्षा तथा निगरानीका लागि ती बसहरुमा माइती नेपालका कर्मचारी र प्रहरी पनि छन् ।
null
२०७५ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित








