हातखुट्टा बाउँडिने समस्या भएकाले अपनाउनुस् यस्ता उपाय:

मानिस कमजोर हुँदा तथा कहिलेकाहीँ यत्तिकै पनि हातखुट्टा बाउँडिने गर्छ । जुनसुकै अवस्थामा पनि हातखुट्टा बाउँडिने समस्या हुने गर्दछ । हातखुट्टा बाउँडिदा निकै पिडा त हुन्छ नै, काम गर्न पनि अप्ठ्यारो हुन्छ ।

यस्ता छन् हातगोडा बाउँडिनुका कारण र समाधानका उपायहरु:

शरिरमा पोटासियको कमि हुदा होतगोडा बाउडिने, मासुफर्किने समस्या आउन सक्छ । यस बाट बच्न केरा, पात भएको तरकारी, ड्राइफुड खानु फाइदाजनक हुन्छ ।

शरिरमा तरल पदार्थको कमि र मिनिरल्सको कमिले पनि हात खुट्टा बाउँडिने समस्या आउन सक्छ ।

शरीरमा सोडियम, पोटासियम, क्याल्सियम, मिनरल, भिटामिन डीलगायत तत्वको कमी पनि हातगोडा बाउँडिने कारण हो । घाममा बस्ने बानीले पनि शरीरमा भिटामिन डीको कमीलाई पूर्ति गर्न सक्छौँ । हातगोडा बाउँडिने समस्याबाट मुक्ति पाउनका लागि भिटामिन डीयुक्त खाद्यपदार्थको नियमित प्रयोग गर्नुपर्छ ।

बसाई नमिल्दा शरिरको कुनै एक भागमा मात्र दवाब पर्न गयो भने उक्त भागमा पोषण र अक्सिजनको प्रभाव कम हुन्छ यसकारण पनि मासु बाउडिने गर्दछ ।

धेरै गाह्रो काम, एउटै पोजिसनमा बसेर र निरन्तर एउटै काम गर्दा पनि हातगोडा बाउँडिने समस्या आउँछ । जाडो मौसममा हातगोडा फर्कने समस्या हुन्छ । चिसो मौसममा पानी कम पिउने मानिसको शरीरमा तरल पदार्थको कमी हुँदा पनि यस्तो समस्या निम्तिने भएकाले प्रशस्त मात्रामा पानी पिउने बानी गर्नुपर्छ । यदि निरन्तर रूपमा हातगोडा बाउँडिएमा रगत जाँच गराउनुपर्छ । रगत जाँचपछि यसको असली कारण थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =