नेपाल भारत सीमा ३ दिन बन्द हुने

काठमाडौं, २३ चैत्र । अप्रिल ११ अर्थात चैत २८ गतेदेखि भारतमा हुने लोकसभा निर्वाचनका लागि नेपाल भारतका सीमानाका बन्द हुने भएको छ । भारतमा हुने निर्वाचनका बेला सुरक्षालाई ध्यान दिँदै उत्तराखण्ड प्रदेशसँग जोडिएका कैलाली कञ्चनपुरका सीमानाका तीन दिनका लागि बन्द गर्न लागेको हो । 

हालै भारतमा सम्पन्न बैठकका दुई देशका अधिकारीबीच तीनदिन सीमा नाका बन्द गर्ने सहमति भएको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले भारतको उत्तराखण्ड प्रदेशमा पहिलो चरणमा हुने लोकसभा निर्वाचनका लागि ४४ घन्टा सीमानाका बन्द रहने जानकारी दिए । 

 

null

तीन दिनका लागि सीमानाका बन्द हुने भएपछि पूर्णागिरी मेलाका दर्शनार्थीसमेत प्रभावित हुने भएका छन् । भारतको पूर्णागिरी मन्दिरको दर्शन गरेर नेपालका सिद्धनाथ मन्दिरमा दर्शनका लागि आउने दर्थनार्थीलाईसमेत सीमामा आवत जावत गर्न नदिने सहमति दुई देशका अधिकारीबीच भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − 1 =