झापा र चितवनमा आगलागीबाट पाँच घर जले
२०७६ चैत २३ गते

चैत २३, काठमाडौं । झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।
हिजो, २२ चैत बेलुका भएको आगलागीबाट झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा नष्ट भएको हो ।
इलाका प्रहरी कार्यालयका अनुसार शनिबार राईको घरबाट आगलागी शुरु भएको थियो । दमक नगरपालिकाको दमकल, कनकाई सामुदायिक वनको खानेपानी ट्याङ्की र स्थानीयवासीको पहलमा आगो निभाइएको थियो ।
null
त्यस्तै चितवन इच्छाकमना गाउँपालिका-६ तुन्तेषमा कुलबहादुर घर्ती र चन्द्रबहादुर घर्तीको घर पनि हिजै अपरान्ह आगलागीबाट जलेको छ । घरमा रहेको सोलार सर्ट भएर आगो सल्केको स्थानीय यामबहादुर गुरुङले जानकारी दिए ।
२०७६ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित








