ऐलेन कलेजका सञ्चालक बिनोद शर्मा पक्राउ

 

माघ २२, इनरुवा । ऐलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. इनरुवाका सञ्चालक बिनोद शर्मालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेकाे छ । 

सीटीईभिटीबाट मान्यता प्राप्त नै नगरी सुनसरी सदरमुकाम इनरुवामा अबैध रुपमा सञ्चालित ऐलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. सञ्चालकले कलेजको माध्यमबाट विद्यार्थीहरुलाई विभिन्न बहानामा ठगि गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

null

कलेजका अध्यक्ष मनोजकुमार मेहता भने स्वास्थ्य अवस्था गडबडीका कारण उपचारका लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

एलेन कलेजले सीटीईभिटीबाट मान्यता प्राप्त नै नगरी कम्प्युटर सिस्टम एडमिनिस्टर एण्ड डेभलोप्मेन्ट १३२० घण्टाकोे कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरुबाट ठगि गरेको भन्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभिटीको पूर्वी क्षेत्रीय कार्यालय इटहरीले कलेजका अध्यक्ष मनोजकुमार मेहता र विनोद शर्मा विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएपछि सञ्चालक शर्मा पक्राउ परेका हुन् । 

शर्मालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिए । 

सुनसरीका प्रजिअ प्रेमप्रकाश उप्रेतीले ऐलेन कलेजको कार्यक्रम तत्काल बन्द गर्न भनि सुनसरी प्रहरीलाई निर्देशन दिएको बताए । 

गत माघ १७ गते पिडित विद्यार्थी र अभिभावकले जिल्ला प्रशासन कार्यालय सुनसरीमा कलेज संचालक मनोजकुमार मेहता र बिनोद शर्मा विरुद्ध ठगि मुद्धाको उजुरी दर्ता गराएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =