धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना भएको छः तिमिल्सिना
२०७५ असोज २८ गते

असोज २८, बाग्लुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् ।
महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।
नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताउँदै उनले भने, ‘नेपाल बहुरङ्गको फूलबारी हो, अरु देशमा जस्तो धार्मिक युद्ध नेपालमा नहुनु विश्वलाई सुःखद् सन्देश हो ।’
null
सरकारले नेपालमा भएको प्राकृतिक स्रोत साधनको उचित व्यवस्थापन गरी देशलाई समृद्ध बनाउने उनको भनाइ थियो ।
२०७५ असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित








