ब्राजिली पूर्व स्टार रोनाल्डिन्‍हो जेलमुक्त

चैत २६, काठमाडौं । ब्राजिली फुटबलका पूर्व स्टार खेलाडी रोनाल्डिन्‍हो जेलबाट छुटेका छन् । पाराग्वेली अदालतले रोनाल्डिन्‍हो र उनका दाजुलाई जेल मुक्त गर्ने निर्णय गरेसँगै उनी मंगलबार जेलबाट छुटेका हुन् । 

न्यायाधीश गुस्ताभो अमरिल्लाले उनीहरू असुनसियनको एक होटलमा बस्न सक्ने निर्णय सुनाएका थिए । रोनाल्डिन्हो र उनका दाजु रोबेर्टो जाली राहदानी प्रयोग गरेको ओरोपमा पाराग्वे राजधानीबाट पक्राउ परेका थिए । 

रोनाल्डिन्होका वकीलले १६ लाख डलर धरौटीका लागि बुझाएका छन् । कोरोना भाइरस संक्रमणबाट बच्न पाराग्वेको राजधानी आफैँ अहिले लकडाउनबाट गुज्रिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =