मुआईथाई वक्सिङ संघको सुनसरी अध्यक्षमा सम्पूर्ण ताम्राकार

चैत्र १६, धरान । नेपाल मुआईथाई वक्सिङ संघको सुनसरी जिल्ला कार्य समिति गठन भएको छ । आज एक कार्यक्रमका विच सम्पूर्ण ताम्राकारको अध्यक्षतामा संघको सुनसरी कार्य समिति गठन गरिएको हो ।

नेपाल मुआईथाई वक्सिङ संघका केन्द्रिय महासचिब सुदीप पपिडतको उपस्थितिमा नयाँ जिल्ला समिति गठन गरिएको हो । सुनसरी जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख कुमार प्रसाद पोख्रेलको रोहवरमा ९ सदस्यीय कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रज्वल श्रेष्ठ रहेका छन् । समितिको सचिवमा अजय राई, कोषाध्यक्षमा रोशन राई रहेका छन् । सदस्यहरुमा संदीप तामाङ, अपार श्रेष्ठ, सुमन राई, कमला गुरुङ र अमिता राई रहेका छन् ।

थाईलेण्डमा निक्कै लोकप्रिय रहेको मुआईथाई वक्सिङ नेपालमा भित्रिएको ८ वर्षपछि धरानका युवाहरुको सकृयतामा सुनसरीमा पनि भित्रिएको हो ।

मुआईथाई वक्सिङलाई सुनसरी जिल्लामा विस्तार गरी युवाहरुलाई खेलकूद तर्फ लाग्न प्रेरित गर्न संघको गठन गरिएको नव गठित संघका अध्यक्ष सम्पूर्ण ताम्राकारले बताए । ‘मुआईथाई वक्सिङ लेख थाईलेण्डमा अत्यन्तै लोकप्रिय खेल हो, यसलाई नेपालमा ब्यवसायीक रुपमा स्थापति गर्न र सुनसरीमा पनि प्रर्वद्धन गर्न संघको गठन गरेका हौं ।’ उनले भने । अध्यक्ष ताम्राकारले चाडै मुआईथाई वक्सिङको कार्यक्रम सञ्चालन गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *