सुन लुटेको आरोपमा दुई प्रहरी पक्राउ

काठमाडौ, चैत १३ । काठमाडौं प्रहरी परिसर मातहतको महानगरीय प्रहरी वृत्त, गौशालाका दुई जना प्रहरी तस्करीको सुन लुटेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी हवल्दार विश्वराज कुसुवा र प्रहरी जवान विष्णुबहादुर आले छन् ।

तस्करीको दुई वटा सुनको बाला लुटेको आरोपमा उनीहरुलाई सोमबार गौशाला बृत्तले पक्राउ गरी परिसरमा बुझाएको हो । उनीहरु गस्ती टोलीमा खटिएका थिए ।

वृत्तले दुवै जनालाई जागिरबाटै बरखास्त गर्न परिसर समक्ष सिफारिस गरेको स्रोतको भनाइ छ । सुन मालिकको खोजी भइरहेको छ भने थप अनुसन्धान जारी रहेको बताइएको छ ।

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुले सुन लुटपाट गरेको सुराकी पाएपछि वृत्तलाई खबर गरेको थियो । र, सीसी टिभी फुटेजको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *