लायन्स न्यूरोड चौतारीको अध्यक्षमा रेग्मी

पोखरा, चैत १३ । सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको सातौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

क्लवले लायन बर्ष २०१८/०१९ का लागि धुर्व प्रसाद रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो । रेग्मी यसअघि क्लवको प्रथम उपाध्यक्षमा रहि विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

त्यसैगरी क्लवको प्रथम उपाध्यक्षमा क्षेत्र बहादुर बराल क्षेत्री निर्वाचित भएका छन्, दृतिय उपाध्यक्षमा शिवराज बराल र तृतिय उपाध्यक्षमा तुलसी प्रसाद पोखरेल निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक एवं क्लवका निवर्तमान अध्यक्ष पवित्रमणी पोखरेलले जानकारी दिए ।

 

त्यसैगरी क्लवको सचिवमा अर्जुन प्रसाद पौडेल निर्वाचित भएका छन् भने सहसचिवमा लोक बहादुर कुँवर खाँड निर्वाचित भएका छन् । क्लवको कोषाध्यक्षमा शिशिर मिश्र र सहकोषाध्यक्षमा गणेश सेन्सुरी निर्वाचित भएका छन् ।

यस्तै ट्रेमरमा कृष्ण लम्साल र टेलटुइष्टरमा पुर्णबहादुर थापा निर्वाचित भए । क्लवको पिआरओमा केशरी प्रसाद तिवारी र मेम्वरशिप चियर पर्सनमा रामेश्वर आचार्य निर्वाचित भएका छन् भने रिपोटिङ्ग अफिसरमा नरेन्द्र श्रेष्ठलाई चयन गरेको छ ।

त्यसैगरी डाइरेक्टरहरुमा डा.कमल प्रसाद चपाई, माधव आचार्य, माधब बस्ताकोटी, रामचन्द्र शर्मा, याम गुरुङ र मुक्तीनाथ ढकाल रहेका छन् ।
क्लवको सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष नगेन्द्र प्रसाद पोखरेल, बलराम बडाल, नरहरि पौड्याल, अर्जुन गिरी, दिपक घिमिरे र पवित्रमणी पोखरेल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *