नेपालकै जेष्ठ नागरिक लामिछाने सम्मानित

 

बैशाख २९, काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले नेपालकै जेष्ठ नागरिक, बाटुली लामिछानेलाई सम्मान गरेको छ । 

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख उपस्थितिमा हिजो शनिबार नगद २५ हजार र सम्मानपत्र सहित लामिछानेलाई अभिनन्दन गरिएको हो । 

null

नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर ८ स्थित लामिछानेको घरमै पुगेर मन्त्री थापाले सम्मान गरेकी थिइन् । 

लामिछानेको जन्म १९५९ चैत्र १० गते सिन्धुपाल्चोक जिल्लाको गिरानचौरमा भएको थियो । प्राकृतिक विपद् र जीवनवृत्तिमा चरम अभावका कारणले नुवाकोटमा बसाईँ सर्न बाध्य भएको लामिछाने परिवारले बताएको छ । 

उक्त सम्मान कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव विर बहादुर राई, मन्त्रालकै महिला विकास अधिकृत, कमला दाहाल, विजयालक्ष्मी सुवेदी, नेपाल निजामति कर्मचारी संगठनका उपाध्यक्ष तथा महिला विभाग प्रमुख भवानी दाहाल, ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता खतिवडा लामा, ककनी गाउँपालिकाकै ८ नम्बरका वडाध्यक्ष शेषमान लामा, बाटुली लामिछाने सम्मान कार्यक्रमका प्रेस संयोजक तथा पत्रकार सगोत्री आचार्य, पत्रकार दिलासा आचार्य, आइटि इन्जिनियर तथा पत्रकार, अमित प्रधानाङ्ग लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बूढानिलकण्ठ शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रका मेडिकल अफिसर डा. सबिना खतिवडा र बूढानिलकण्ठ स्वास्थ्य चौकिका ल्याब असिस्टेन्ट निर्मला खरेलले बाटुली लामिछानेको प्रारम्भिक स्वास्थ्य परिक्षण गर्नुका साथै थप परिक्षणका लागि रगतको नमुना संकलन गरेका थिए । 

सम्मान गर्ने क्रममा मन्त्रालयको तर्फबाट गर्मीका लागि प्रयोग हुने पंखा हर्लिक्स लगायत विभिन्न सामग्री उपलब्ध गराइएको थियो । सोही क्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरुले आ–आफ्नो गच्छे अनुसार नगद दिएर लामिछानेको दिर्घायुको कामना गरेका थिए भने ककनी गाउँपालिकाका अध्यक्ष, मान बहादुर लामाले आफ्नो व्यक्तिगत तर्फबाट रु १५ हजार बाटुली लामिछानेलाई हस्तान्तरण गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *