इङ्ल्यान्ड र अफगानिस्तान भिड्दै

 

असार ३ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) आयोजक इङ्ल्यान्ड र अफगानिस्तान भिड्दैछन् । 

ओल्ड ट्राफोर्डमा साँझ ३ः१५ बजे सुरु हुने खेलमा इङ्ल्यान्ड चौथो जित निकाल्ने अभियानमा छ । जारी विश्वकपमा दुवै टोलीले पाँचौं खेल खेल्दैछन् । यसअघिको चार खेलमा सबै हार खेपेको अफगानिस्तानको लक्ष्य पहिलो जित निकाल्नु रहेको छ । तीन जित र एक हार खेपेको इङ्ल्यान्ड ६ अंक सहित तालिकाको चौथो स्थानमा छ । अफगानिस्तान तालिकाको अन्तिममा छ । 

null

आयोजक इङ्ल्यान्ड यसपटक निकै राम्रो लयमा देखिएको छ । उपाधिको दावेदार इङ्ल्यान्डको ब्याटिङ, बलिङ र फिल्डीङ उत्कृष्ट छ । टोलीमा अनुभवी र स्टार खेलाडी छन् । घरेलु मैदान र दर्शकको साथले पनि इङ्ल्यान्ड उत्हासित छ । अफगानिस्तानले विश्वकपमा दोस्रो पटक भाग लिएको हो । अघिल्ला खेलको हारले पनि अफगानिस्तान कमजोर बन्दै गएको छ । 

सन् २०१५ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको अफगानिस्तान यसपटक पनि त्यति जम्न सकेको छैन । यी दुई टोलीबीच तुलना गर्दा इङ्ल्यान्ड धेरै बलियो छ । यसअघि विश्वकपमा पनि इङ्ल्यान्डले अफगानिस्तानलाई नौ विकेटले हराएको थियो । त्यसैले आजको खेलमा इङ्ल्यान्ड सहज जित निकाल्ने प्रयासमा छ भने अफगानिस्तान बलियो इङ्ल्यान्डलाई कडा चुनौती दिने तयारीमा छ । एजेन्सी 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =