घुस लिई रहेको अवस्थामा नासु रंगेहात पक्राउ

बैशाख २२, तुलसीपुर । उच्च अदालत तुलसीपुर, नेपालगंज इजलासका नासु (नायबसुब्बा) घुस सहित रंगेहात पक्राउ परेका छन् । 

 

पक्राउ पर्नेमा नासु कृष्णकुमार पाठक रहेका छन् । उनले अदालतमा विचाराधीन मुद्धा मिलाई दिने भन्दै घुस वापत रु. तीन लाख रुपैयाँ लिई रहेको अवस्थामा अख्तियारको फन्दामा परेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् । 

null

प्रवक्ता कोइरालाको अनुसार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीलले श्री लयर्स च्याम्बरबाट घुस लिईरहेको अवस्थामा पक्राउ गरिएको हो । हाल उनीमाथी थप अनुसन्धान अघी बढाईएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *