नोबेल अन्तराष्ट्रिय कराते प्रतियोगिता हुँने

मोरङ, ७ कात्तिक । मोरङको बेलबारीमा पहिलो पटक नोबेल अन्तराष्ट्रिय कराते प्रतियोगिता हुँने भएको छ । नोेबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले आगामी मंसिर ६ देखि ८ गतेसम्म तीन दिने प्रतियोगिता आयोजना गर्ने भएको हो ।   

मोरङ जिल्लामै पहिलो पटक हुँन लागेको अन्तराष्ट्रिय  स्तरको प्रतियोगितामा नेपालसहित ८ देशका करिव ६ सय खेलाडी सहभागि हुँने बेलबारी नगर सितोरियो कराते संघका सदस्य सचिव एवं प्रमुख प्रशिक्षक कुन्ती गुरुङले जानकारी दिईन् । प्रतियोगिताको उपाधिका लागि नेपाल, भारत, श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान, मलेसिया र इराकका खेलाडीवीच प्रतिस्पर्धा हुँनेछ । बिजेताले १ लाख, उप–बिजेताले ७५ हजार र तृृतियले ५० हजार नगद पुरस्कार पाउँनेछन् ।   

यसैवीच प्रतियोगितालाई बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले मुख्य प्रायोजन गर्ने भएको छ । प्रतियोगिता प्रायोजनका बिषयमा आज सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा र बेलबारी नगर सितोरियो कराते संघका अध्यक्ष सञ्जय सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।  

सोहि अवसरमा बोल्दै नोबेल अस्पतालका सञ्चालक डा.शर्माले खेलकुद क्षेत्रको बिकास र खेलाडीलाई प्रोत्साहनका लागि सहयोग गरेको प्रतिक्रिया दिएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =