नदेज्दा कप फुटबलः नेपालद्वारा किर्गिस्तान ८–२ गोल अन्तरले पराजित

भदौ २३, काठमाडौँ । नेपालले किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा घरेलु टोलीलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । काराकोलस्थित केन्द्रीय रङ्गशालामा भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको हो ।   

नेपालले मध्यान्तरअघिको खेलमा ६ गोल गरेको थियो । मध्यान्तरपछि नेपालले थप दुई गोल गर्यो । नेपालका लागि सावित्रा भण्डारी एक्लैले चार गोल गरिन् । अनिता बस्नेतले दुई तथा दीपा राई र कप्तान निरु थापाले एक/एक गोल गरेका थिए । सावित्राले खेलको तेस्रो, १५औँ, ३०औँ र ५३औँ मिनेटमा गोल गरेकी थिइन् । 

 यस्तै अनिताले ३४औँ मिनेट तथा खेलको अन्तिम समयमा, दीपाले २५औँ मिनेटमा र निरुले खेलको ३७औँ मिनेटमा गोल गरेका थिए । नेपालले सोमबार उज्वेकिस्तानसँग खेल्नेछ ।   

null

नादेज्दा कपमा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 10 =