अस्पतालमा उपचारत कामतीले जिते १० लाख रुपैंया
पुष १६, काठमाडौं । सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ् होममा उपचारत सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार रु १० लाख रुपैंया जितेका छन् । यस योजना अन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् ।
मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रम मार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिएका थिए । बुधबार (पुष १६) गते चर्चित हास्यकलाकार जितु नेपालले उनी उपचारत रहेको अस्पतालमा गई रु १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।
आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ योजना मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख नगद र प्रत्येक महिना रु १० लाख नगद जित्ने मौका पाउँने छन् ।
अस्पतालमा छोराको उपचार खर्च तिर्नका लागि पैसाको खाँचो परेको बेलामा यो नगद पुरस्कार एक ठूलो आश्चर्य र राहतको रुपमा आएको जितेन्द्र कुमार कामतीका बुबा हरी किशोर कामतीले बताए । “छोरा केहीदिनमा डिस्चार्ज हुने आशामा छौं,” जितेन्द्रका बुबाले भने । “यो पैसाले केही व्यापार पनि गर्ने योजनामा छौं ।”
यो योजनाको पहिलो ६ हप्ता सम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही रु २ लाख जितेका छन् । ती ३० जनामध्ये ९ जनाग्राहकले आ—आफ्नो नगद पुरस्कार ग्रहण गरी सकेका छन् र २१ जनाग्राहकहरु प्रमाणिकरण प्रक्रियामा रहेका छन् ।