सिन्धुपाल्चोक: १३७ परिवारले लालपुर्जा पाए, घर बनाउन पाउनेमा किसानहरु खुसी 

सिन्धुपाल्चोक, चैत ९ । सिन्धुपाल्चोक, फटकशिलाका १३७ घर परिवारलाई आज गुठी जग्गाको लालपुर्जा बितरण गरिएको छ । गुठीको समस्या भोगीरहेका मेलम्ची नगरपालिका वडा नम्बर १३, फटकशिलाका स्थानीयले आज लालपुर्जा पाएका हुन् । जग्गा पाएसँगै घर बनाउने बाटो फुकेको छ ।

भुकम्पबाट प्रभाबित ब्यक्तिको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी कार्यबिधी २०७२ अनुसार गत बर्षको पुसमा फटकशिलाका ४७४ घर परिबारले जग्गा दर्ताका लागी मालपोत कार्यलयमा निबेदन पेस गरेका थिए । अहिले १३७ घर परिबारको मात्रै लालपुर्जा बनेको र अन्यको बन्ने क्रममा रहेकोले बाँकीको पनि छिट्टै नै बन्ने भुमी अधिकार मञ्च सिन्धुपाल्चोकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथी तीन नम्बर प्रदेशका भूमि सुधार तथा ब्यबस्थापन मन्त्री दावादोर्जे लामाले आगामी ५ वर्षभित्र गुठीबाट सम्पूर्ण पिडीतहरुलाई मुक्त गरिने बताउनुभएको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले किसानले लालपूर्जा पाउनु उपलब्धीमुलक भएको भन्दै बाँकी कार्यका लागी आफू सक्रिय भएर लाग्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *