सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ५ न्यायाधीशविरुद्ध उजुरी आह्वान

चैत २१, काठमाडौं । सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ५ न्यायाधीशविरुद्ध उजुरी आह्वान गरिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको संघीय संसद सुनुवाई समितिको बैठकले पाँच न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
null
शुक्रबारदेखि लागु हुने गरी पाँचैजना न्यायाधीशविरुद्व १० दिनभित्र उजुरी दिनुपर्नेछ । उजुरी भए जोकोही नेपाली नागरिकले समितिको सचिवालयमा दर्ता गर्न सक्नेछन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अध्यक्षतामा मंगलबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा ५ जनाको नाम सिफारिश गरेको थियो ।
न्यायाधीश सिफारिस हुनेहरूमा वरिष्ठ अधिवक्ता कुमार रेग्मी, प्रकाश ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाल र मनोज शर्मा रहेका छन् ।
सिफारिश पाँचै जनाले संसदीय सुनुवाइ समितिबाट सुनुवाइ भएपछि मात्रै उनीहरुले पद तथा गोपनियताको सपथ लिने छन् ।








