छुट्टाछुट्टै दुर्घटनामा काठमाडौंमा तीन जनाको ज्यान गयो

काठमाडौं, चैत ८ । काठमाडौंमा  बुधबार राति भएका दुर्घटनामा तीनजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।

काठमाडौंको बालाजु चोकमा बा ७९ प ७८११ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्कीँदा नुवाकोट बेलकोट नगरपालिका –३ का सुनिल पुडासैनीको ज्यान गएको प्रहरीले जनाएको छ भने घाइते एकजनाको उपचार भैरहेको छ ।

काठमाडौंकै तिलंगेटारमा बा १ ज ८५२७ नम्बरको माइक्रो र बा ६६ प ८५७४ नम्बरको स्कुटर ठोक्कीँदा बसुन्धारा बस्ने गोरखाका दिवस रायमाझीको ज्यान गएको छ ।

यसैगरी कंलकीको खसीबजारमा ना ७ ख ३२० नम्बरको कन्टेनरको ठक्करबाट पैदलयात्री बर्दीया गुलरिया ४ का ४० वर्षका मोतिलाल पुन मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *