‘ए’ डिभिजन लिग फुटबल : हिमालयन शेर्पालाई हराउँदै थ्रीस्टार तेश्रो स्थानमा उक्लियो

माघ ९, काठमाडौं । हिमालयन शेर्पा क्लवलाई हराउँदै थ्रीस्टार क्लव शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पालाई ३–१ गेलले हराउँदै थ्रीस्टार तेस्रो स्थानमा उक्लिएको छ । 

थ्रीस्टारको जितमा सुशील राईले छैटौं मिनेटमा गोल गरेका थिए । सन्जोग राईले पहिलो हापको इन्जुरी समयमा दोस्रो गोल गरेका थिए । तेस्रो गोल ५०औं मिनेटमा वासिउ ओलानडिरान हजमतले गरेका थिए । हिमालयन शेर्पाका लागि स्टेफेन समिरले पहिलो हाफको इन्जुरी समयमै एक गोल फर्काएका थिए । 

थ्रीस्टारका सन्जोग राई म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै थ्रीस्टारले आठ खेलबाट १४ अंक बनाएको छ । सात अंक बनाएको हिमालयन शेर्पा ११औं स्थानमा छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =