डा. केसी अब सिटामोल बोकेर जनताको बीचमा जानुपर्छः गोकुल बाँस्कोटा

 

माघ १७, काठमाडौँ । सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राध्यापक डाक्टर गोविन्द केसीको सबै माग पूरा भएको दाबी गरेका छन् । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । 

null

‘डा. केसीलाई संसदिय समितिमा छलफल गर्न पटक पटक बोलाउँदा पनि आउनु भएन । तर उहाँ छलफलमा नआए पनि सरकारले उहाँको माग पूरा गरिदिएको छ । अब उहाँको अनशनको औचित्य सकियो ।’ 

उनले अनशनको विषयलाई लिएर सरकारलाई बारम्बार औँला ठड्याउनु ठीक नभएको बताए । सरकारले बहुमतको दम्भ नदेखाएको दाबी गर्दै उनले भने, ‘हामीले बारम्बार भनेका छौँ, डाक्टर साबले माग पूरा भएको खुशीयालीमा अनशन तोड्नुपर्छ । डाक्टर साबले अब आफ्नो जित र जनताको जित भएको छ भन्दै मलम पट्टी र सिटामोल बोकेर जनताको बीचमा जानुपर्छ ।’ 

अस्पतालसम्बन्धी माग पूरा भइसके पनि पनि कांग्रेसले संसद अवरोध गरेको भन्दै उनले केही मान्छेको हठले संसदीय प्रक्रिया बन्धक बनाउन उपयुक्त नहुने पनि बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =