युरोपियन च्याम्पियन्सः आज हुँदैछन् आठ रोमाञ्चक र महत्वपूर्ण खेल

कात्तिक १९, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज राती आठ खेल हुँदैछन् । जहाँ केहि महत्वपूर्ण खेलपनि हुनेछन् ।   

आज हुने समुहचरण अन्तर्गतका चौथो राउण्डका खेलहरुमा केहि खेल विशेष छन् । आज राती हुने पहिलो खेल स्पेनिस बार्सिलोना र चेक रिपब्लिकको स्लाभिया प्रहाविच हुनेछ । यो खेल आज राती ११ः४० मा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने छ ।   

समुह एफ अन्र्तगतको यो खेल बार्सिलोनाकालागि महत्वपूर्ण छ । लालिगामा तीन दिन अघि लेभान्टेसँग अबे मैदानमा १–३ को लज्जास्पद हारका कारण बार्साका खेलाडी र प्रशिक्षक तनाबमा छन् । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई झन तनाब छ । ठूला टिमसँग भन्दापनि साना टिमसँग टोलीको पराजय र खस्कँदा खेलका कारण उनको पद समेत धरापमा छ ।   

आजको खेल सानदार ढंगले जितेर राहतको अनुभव बटुल्ने भाल्भर्डेको योजना भएपनि उनका मुख्य हतियार स्ट्राइकर लुइस स्वारेज आजको खेलमा उपस्थित हुने छैनन् । लेभान्टेसँगको खेलमा घाइते भएका स्वारेजको ठाउँमा भाल्भर्डेले कार्लेस पेरेजलाई राखेका छन् ।  बार्साबाट आज नियमित कप्तान लियानल मेस्सी, एन्टोनी ग्रिजमेन, उसमान डेम्बेले र अन्सु फातीले फरवार्ड सम्हाल्नेछन् ।   

समुह एफमा बार्सिलोना ७ अंक सहित शिर्ष स्थानमा छ । स्लाभिया प्रहासँग १ अंक मात्र छ । उ लिगको सबैभन्दा पुछारमा छन ।   

आजको दोस्रो खेल ११ः४० बजे नै जेनिट भर्सेस आरबी लेइपजिग विच हुनेछ । तेस्रो खेल राती १ः४५ बजे नापोली भर्सेस रेडबुल र लिभरपुल भर्सेस जिन्क, भ्यालेन्सिया भर्सेस लिले, लियोन भर्सेस बेनफिका, चेल्सी भर्सेस आयाक्स र  बोरुसिया डर्टमुन्ड भर्सेस इन्टर मिलान विच १ः४५ बजे नै हुनेछ ।   

आज हुने खेलहरुमा बार्सिलोना, साविक विजेता लिभरपुल, चेल्सी, नापोली, डर्टमुन्ड र इन्टरमिलानको खेल रोमाञ्चक हुनेछ । नेपालमा यी खेलहरु सोनी नेटवर्कका च्यानल मार्फत र सोनी एप मार्फत लाइभ हेर्न सकिनेछ  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =