स्टार फुटवलर लियोनल मेस्सी नेपाल आउन सक्लान त ?
“
काठमाडौँ, चैत ५ । अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सीले नेपाल आउन मन लागेको बताएका छन् । बार्सिलोनाका चर्चित फुटबल खेलाडी मेस्सीले शगरमाथा र शान्तिका दुत गौतम बुद्धको देश नेपाल आउने मनसाय देखाएका हुन् ।
स्पेनिस सञ्चार माध्यमका पत्रकारसँग कुरा गर्दै मेस्सीले आउँदो वर्षमा नेपाल आउन सक्ने संकेत गरेका हुन् । उनले पत्रकारहरूसँग बुद्ध र सगरमाथाको देश नेपाल एकपटक आउन निक्कै चाहना जागेको बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मेस्सी फाउन्डेसन मार्फत विश्वभर विभिन्न सामाजिक काम गर्दै आएका स्टार फुटवलरका नेपालमा असंख्य फ्यान रहेका छन् । मेसीलाई नेपाल भित्र्याउन युनिसेफ,नेपालले समेत प्रयास थालेको छ ।
दुई वर्षअघि नेपालमा आएको विनाशकारी भुकम्प पिडितलाई सहयोग गर्न मेस्सी लिओ फाउण्डेसनले युनिसेफको मातहतमा रहेर अन्तर्गत नेपालका ८ जिल्लामा १४ वटा स्वास्थ्य चौकी निमार्ण गरिरहेको छ । ती स्वास्थ्य चौकीहरू आउँदो अगस्टको अन्त्यमा सम्पन्न हुने बताईएको छ । उक्त स्वास्थ्य चौकी उद्घाटनका लागि युनिसेफले मेसीलाई निम्तो दिएको युनिसेफ नेपालकी सञ्चार प्रमुख रुपा जोशीले बताईन् ।
मेसी फाउन्डेशनले दोलखामा ४, गोर्खा, काभ्रे र धादिङमा २–२, नुवाकोट, ललितपुर, रामेछाप र सोलुखुम्बुमा १–१ वटा गरी १४ वटा भूकम्प प्रतिरोधात्मक स्वास्थ्य चौकी निमार्ण गरिरहेको छ।
फाउन्डेशनले स्वास्थ्य चौकी निर्माणका लागि करिब ५ करोड १० लाख रुपैयाँ युनिसेफलाई प्रदान गरेको थियो । युनिसेफमा मेसी फाउन्डेशनको प्रोजेक्ट अवलोकन गरिरहेकी आशा पुनःले स्वास्थ्य चौकी निमार्ण सक्ने अन्तिम मिति सेप्टेम्बरसम्म भए पनि आफूहरुले त्योभन्दा अगाडि समाप्त गरिसक्ने बताइन्।
युनिसेफले सुरु गरेको ७४ स्वास्थ्य चौकी निमार्ण कार्यमा मेसी फाउन्डेशनको भागमा १४ वटा परेको छ।
मेसी फाउन्डेशनले नेपालमा निमार्ण गरिरहेको स्वास्थ्य चौकी
दोलखा– ४ वटा– दोलखा, सुनखानी, लडुक, पावती
गोर्खा– २ वटा– र्डाबुङ, मजुवादेउराली
धादिङ– २ वटा– सल्यानटार, नालाङ
काभ्रे– २ वटा– देवभूमी, गौरी बिसाउने (देवपुर)
ललितपुर– १ वटा– दालचौकी
रामेछाप– १ वटा– उक्रेनी
सोलुखुम्बु– १ वटा– थाप्लुङ
“