सेवाग्राहीसँग घुस लिने नायव सुब्बा पक्राउ
२०७६ जेठ १४ गते

जेठ १३, झापा । झापामा सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका नायव सुब्बालाई ३५ हजार घुस सहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र नायव सुब्बा राजकुमार धिमाल रहेका छन् ।
null
उनलाई इटहरीबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयकाे टोलीले तालिम कार्यक्रम सञ्चालन गरेबापत भुक्तानी प्राप्त गर्नु पर्ने रकम दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीको आधारमा पक्राउ गरेका हुन् ।
उनका साथै यस कार्यमा संंलग्न रहेका यस कार्यालयका शाखा अधिकृत सुमिन्द्र मण्डललाई समेत पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।
२०७६ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित








