जन्मदिनमा उद्योगी निरौलाद्धारा निशुल्क स्वास्थ्य शिविर र स्कुल जुत्ता वितरण

माघ १८, बिराटनगर । बिराटनगरका उद्योगी चेतन निरौलाले आफ्नो जन्मदिनको अवसरमा आफु जन्मेर हुर्किएको गाउँमा पुगेर निशुल्क सस्थ्य शिविर र स्थानीय सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्कुल जुत्ता वितरण गरेका छन् । 

 

उनले आफ्नो ४४ औँ जन्मदिवसका अवसरमा लायन्स क्लब अफ बिराटनगर यूनिक, लियो क्लब अफ बिराटनगर यूनिक र बिराट मेडिकल कलेजसँगको सहकार्यमा झापाको बुद्धशान्ति गाउँपालिका–७ स्थित राष्ट्रिय बिजय माध्यामिक विद्यालयको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेका हुन भने सोही बिद्यालयमा अध्यनरत बालबालिकालाई स्कुल जुत्ता बितरण गरेका छन् । 

null

 

स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा उद्योगी निरौलाले बुद्धशान्ति गाउँपालिका–७ स्थित राष्ट्रिय विजय माध्यामिक विद्यालयमा अध्यानरत विद्यार्थी सहित अन्य दुई विद्यालयमा अध्यनरत ४ सय विद्यार्थी लाई ४ सय जोर स्कुल जुत्ता बितरण गरेका हुन् । स्कुल जुत्ता नेपाल घरेलु तथा साना उद्योगमहासंघ मोरङका महासचिव गोपाल काफ्ले, लायन्स क्लबका जोन चेयर पर्सन बिनोद राउत, बिराट व्यापार संघका महासचिव तथा लायन्स क्लब अफ बिराटनगर यूनिकका प्रेसिडेन्ट सुजन थापा, लियो क्लब अफ बिराटनगर यूनिकका फस्ट भाइस प्रेसिडेन्ट पेरिस सुवेदी, बुद्धशान्ति गाउँपालिका–७ का वडाध्यक्ष मात्रिका पौडेललगायतले वितरण गरेका थिए । 

सो अवसरमा बोल्दै उद्योगी निरौलाले २५ वर्ष अघि आफुले सोही विद्यालयमा अध्यन गरेको स्मरण गर्दै सोही विद्यालयमा शिविर र स्कुल जुत्ता वितरण गर्न पाउँदा हर्षित  भएको बताए । उनले संसारका जुनसुकै ठाउँमा पुगेपनि आफु मातृभूमि बिसर्न नहुने बताए । कार्यक्रममा विद्यालयका प्राधानाध्यापक रामप्रसाद तिम्सिनाले आफ्नो विद्यार्थी निरौला सफल उद्यमी बनेर आफुले अध्यन गरेको विद्यालयमा आई निशुल्क स्वास्थ्य शिविर र विद्यार्थीलाई स्कुल जुत्ता वितरण गरेको प्रति गौरव लागेको बताए । 

 

उनले बिलासिताका बस्तुमा ठुलो धनराशी खर्च गरेर जन्मदिन मनाउनु भन्दा शिविर आयोजना र जुत्ता वितरण गरेर जन्दिन मनाएर निरौलाले उदाहरणीय कार्य गरेको बताए । कार्यक्रममा उपस्थित लायन्स क्लब अफ बिराटनगर यूनिकका प्रेसिडेन्ट सुजन थापा, लियो क्लब अफ बिराटनगर यूनिकका फस्ट भाइस प्रेसिडेन्ट पेरिस सुवेदी, नेपाल घरेलु तथा साना उद्योगमहासंघ मोरङका महासचिव गोपाल काफ्ले, बुद्धशान्ति गाउँपालिका–७ का वडाध्यक्ष मात्रिका पौडेल, लायन्स क्लबका जोन चेयर पर्सन विनोद राउत, नागरिक पोलिक्लिनिक बिराटनगरका अध्यक्ष चिरन्जीवि रेग्मीलगायतले निरौलालाई जन्मदिनको शुभकामना व्यक्त गरेका थिए । 

 

जन्मदिनका अवसरमा निरौलाले केक काटेर विद्यर्थीहरुलाई ख्वाएका थिए । स्वास्थ्य शिविरमा बुद्धशान्ति गाउँपालिकाका २ सय ८ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा स्त्री तथा प्रसुति, जेनरल फिजिसियन, नाक कान घाँटी, वालरोग लगायतको परिक्षण गरिएको निरौलाले जानकारी दिए । विक्रम सम्वत २०३१ साल माघ १७ गते झापाको साविक शान्तिनगर गाविसमा पिता कपिलमणी र आमा रत्नाकुमारीको कोखबाट जन्मिएका निरौला २०५२ सालमा अध्यनको शिलशिलामा बिराटनगर आएका थिए । 

केही वर्ष बिराटनगरको एक जुत्ता उद्योगका काम गरेर अनुभव बटुलेका उनले पछि आफ्नै ग्यालेक्सी सुज उद्योग सञ्चालन गरेरका हुन् । हाल बिराटनगरको प्रतिष्ठत व्यवसायीका रुपमा निरौला परिचित छन् । निरौला नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको प्रथम उपाध्यक्ष समेत हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =