बोल्न सक्ने भए पूर्व युवराज पारस, डिस्चार्ज कहिले ?

 

माघ १७, काठमाडौँ । हृदयघात भएर नर्भिक अस्पतालमा भर्ना भएका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । 

स्वास्थ्यमा सुधार आएपछि सीसीयुमा उपचाररत पारसलाई हिजो मात्रै क्याबिनमा सारिएको थियो । 

null

शाह अहिले हिँडडुल गर्न, बोल्न र खानपान गर्न सक्ने भएको अस्पतालले जनाएको छ । डिस्चार्जबारे भने अस्पतालले केही जानकारी दिएको छैन। 

गत सोमबार दिउँसो ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गरेर फर्किए लगत्तै उनलाई हृदयघात भएको थियो । 

पारसलाई पहिलेदेखि नै छाती दुख्ने समस्या छ। उनलाई हृदयघात भएको यो तेस्रो पटक हो। यसअघि नै उनको मुटुको धमनीमा स्टेन्ट राखिएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =