गजल: ‘जस्लाई म कहिले पाउन सक्दिन’
मकालु खबर
२०७४ जेठ १५ गते
“
जस्लाई म कहिले पाउन सक्दिन
किन होला उसैलाई भुलाउन सक्दिन
मलाई तिमीले आशुमा डुबाएर गयौ
तर, म तिमीलाई रुवाउन सक्दिन
म देखी खुसीहरु धेरै टाढा गैसके
सायद अब कहिले भेटाउन सक्दिन
निस्टुरीले मलाई धोका दियो भनी
अहँ कसैलाईपनि बताउन सक्दिन
जस्लाई म कहिले पाउन सक्दिन
किन होला उसैलाई भुलाउन सक्दिन
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित