अफगानिस्तानमा भएका झडपमा १८ तालिवान मारिए, १३ जना घाइते

काबुल, चैत २ । अफगानिस्तानमा हालै भएका झडपमा परी कम्तीमा १८ तालिवान आतंककारी मारिनुको साथै अन्य १३ जना घाइते भएका सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज, इमाम साहिब जिल्ला, दक्षिणी प्रान्त हेलमान्डलगायत अन्य विभिन्न प्रान्तमा सुरक्षा अधिकारी र आतंककारीबीच भएको झडप र हवाई कारबाहीमा परी ती तालिवान लडाकू मारिएका हुन् ।

अफगान गृहमन्त्रालयले शुक्रबार सो जानकारी दिएको छ । अफगानिस्ताका विभिन्न स्थानमा नेटो र अमेरिका आवद्ध संयुक्त सेनाको सहयोगमा अफगान हवाइ बलले युद्धक विमानबाट तालिवान आतंककारी विरुद्ध कारबाही गर्दै आएको छ ।

अफगानिस्तानाको दक्षिणी प्रान्त हेलमान्ड तालिबानको बलियो प्रभाव रहेको प्रान्तको रुपमा रहेको छ ।

जारी यस कारबाहीको विषयमा १६ वर्षभन्दा बढी समयदेखि अफगान सरकारसँग युद्धगर्दै आएका तालिबान लडाकूले भने केही टिप्पणी गरेका छैनन् ।

समाचारमा जनाइएअनुसार यस कारबाहीको क्रममा सुरक्षा अधिकारीतर्फ भने कुनै हताहत भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *