निलम्बित चार फुटबल खेलाडीहरुलाई ५० हजार जरिवानासहित कारवाही

मंसिर २८, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले टिमबाट निकालिएको चार खेलाडीलाई कारवाही गरेको छ । एन्फाले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कारवाही गरेको हो । उनीहरुलाई जनही ५० हजारसमेत जरिवाना गरिएको छ ।   

विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने तयारीमा रहेको अवस्थामा ठमेलको लाउन्ज बार गएका चारै खेलाडीलाई कारवाही गरिएको हो । एन्फाले त्यतिबेलै चारै खेलाडीलाई निलम्बन गरेको थियो । एन्फाको अनुशासन समितिले विमल र दिनेशमाथि ९० दिनको तथा अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको छ ।  

चारै खेलाडीले एन्फाले आयोजना गरेको कुनै पनि प्रतियोगिता खेल्न नपाउने महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । चारै खेलाडीले कुवेतसँगको खेलका साथै १३औँ दक्षिण एशियाली खेलकूद (साग) गुमाउनु परेको थियो ।   

Image result for चार फुटबल खेलाडी कारवाहीमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =