सामाजिक संजालमा काजोल र उनको छोरीको तारिफ

माघ १९, काठमाडौँ । आफ्नो सानो–सानो गतिबिधीलाई पनि सामाजिक संजालमा सेयर गर्ने चर्चित  नायिका काजोल देवगनले आफूले छोरीसँग बसेर खिचेको एक तस्वीरले सामाजिक संजालमा निकै तारिफ बटुल्न सफल भएको छ ।   

उनले सामाजिक संजाल  इन्स्टाग्राममा छोरी न्यासासँग बसेर खिचेको उक्त तस्वीरमा  प्रशंसकले अहिलेसम्म चार लाख बढी लाइक गरेका छन् । तस्वीरमा  थुप्रै कमेन्ट पनि गरिरहेका छन् । प्रशंसकले आमा–छोरीको निकै तारिफ गरेका छन् । 

काजोलले तस्वीर सेयर गर्दै लेखेकी छिन्, ‘धेरै दिनपछि मेरी छोरीसाग मुम्बई रोडमा ।’ उक्त तस्बिरमा न्यासा काटिकुटी काजोल जस्तै देखिएकी छिन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =