नेपाललाई स्वर्ण

फागुन ११, काठमाडौं । आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको छ । नेपालले पुरुष टिम इभेन्टमा स्वर्ण जितेको प्रशिक्षक कृष्णराज घलेले जनाएका छन् । 

इन्डोनेसियाको जकार्तामा भएको प्रतियोगिताको फाइनलमा नेपालले श्रीलंकालाई २–१ ले पराजित गर्दै स्वर्ण जितेको हो । त्यसअघि नेपालले पाकिस्तानलाई २–१, सिरियालाई ३–० तथा सिंगापुरलाई २–१ ले हराएको थियो । यु–१४ उमेरसमूहको प्रतियोगितामा नेपालबाट अकी जुवेन रावत, आरभसम्राट हाडा र प्रणव मानन्धरले प्रतिस्पर्धा गरेका थिए ।   

पहिलो भएको नेपाल अस्ट्रेलियामा मार्चमा हुने वल्र्ड जुनियर टेनिस प्रतियोगिताका लागि छनोट भएको छ । दोश्रो भएको श्रीलंका पनि छनोट भयो । 

4.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =