पदावधि सकिनु ६ दिनअघि नै गृहसचिवले किन दिए राजीनामा ?
२०७६ माघ १७ गते

माघ १७, काठमाडौं । गृहसचिव प्रेमकुमार राईले पदबाट राजीनामा दिएका छन् ।
पाँच वर्षे पदावधिका कारण माघ २२ गते बुधबारबाट नियमित अवकास पाउने राईले ६ दिनअघि नै मूख्यसचिव लोकदर्शन रेग्मीलाई राजीनामा बुझाएका हुन् ।
पदावधि छँदै राजीनामा गर्दा बढी पेन्सन बढ्ने भएकाले उनले १९ माघदेखि लागू हुनेगरी बुधबार नै राजीनामा गरेको गृह स्रोतको दाबी छ । राईले दिएको राजीनामा १३ माघको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिसकेको छ।

राईकाे राजीनामासँगै रिक्त हुने उक्त पदका लागि अरु सचिवहरुको दौडधुप सुरु भएको छ । केही सचिवहरुले गृह मन्त्रालयको जिम्मेवारीका लागि आफू तयार भएको भन्दै शक्तिकेन्द्र धाइरहेको गृहमन्त्रालय स्रोतले बताएको छ । यद्यपी कसलाई गृहसचिव बनाउने भन्नेमा छलफल भइनसकेको बताइएको छ ।
२०७६ माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित








