करेन्ट लागेर बालकको मृत्यु

 

साउन १६, विराटनगर । मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिसुली चोकमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । 

आज बिहान स्थानीय पदम बहादुर राईको १५ वर्षीय छोरा सौजन राई र सोही स्थान बस्ने धन कुमार राईको १५ वर्षीय छोरा सुरज राईको घरमा सँगै सुतेको अवस्थामा ओछ्यानमा चार्ज लगाई राखेको मोबाइलमा भएको गेम खेल्ने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको हो । 

null

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =