मनिषको गोलमा माल्दिभ्सविरुद्ध नेपालको बराबरी
२०७६ असोज ३ गते

असोज ३, काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलमा माल्दिभ्सँगको पहिलो खेलमा नेपालले बराबरी गरेको छ ।
साविक विजेता समेत रहेको नेपालले शुक्रबार एपीएफको हलचोक मैदानमा भएको उद्घाटन खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको हो ।
मनिष डाँगीको गोलमा नेपालले बराबरी गरेको हो । मनिषले खेलको ७५ औं मिनेटमा हेड गोल गर्दै नेपाललाई हारबाट जोगाएका हुन् । मनिषको यो नेपालका लागि डेब्यु खेल हो ।

त्यसअघि खेलको १३ औं मिनेटमा माल्दिभ्सले गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । माल्दिभ्सका कप्तान हसन नजिबले गोल गरेका थिए ।
बराबरीसँगै समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा १ अंक जोडेको छ । माल्दिभ्सको पनि १ अंक भएको छ । दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना कायम छ ।
अब दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग खेल्नेछ ।
२०७६ असोज ३ गते
प्रतिक्रिया
सम्बन्धित








