गलकोटमा शैक्षिक प्रदर्शनी तथा बाल मेला

माघ २९, बागलुङ । गलकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक प्रदर्शनी तथा बाल मेला सम्पन्न भएको छ । माघ २७ गते देखि शुभारम्भ भएको मेला आज सम्पन्न भएको हो ।   

नगरपालिका भित्रका माध्यमिक, आधार र प्राथमिक तहका सबै विद्यालयको मेलामा सहभागिता रहेको थियो ।   

मेलामा विद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामाग्री, विभिन्न आकार प्रकारका वस्तुहरु चित्रकलाको स्टल प्रदर्शनीका लागि राखिएका थिए ।   

शैक्षिक प्रदर्शनी तथा बाल मेलाले विद्यार्थीहरुको रचनात्मक सिर्जना, बौद्धिक क्षमता र ज्ञान अनि सिपको विकासमा थप टेवा पुग्ने अवलोकनकर्ताहरुले बताएका छन् । 

शैक्षिक प्रदर्शनी तथा बाल मेलाको अवसरमा दोस्रो नगर प्रमुख रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको थियो । जसमा विद्यालय स्तरिय पुरुष भलिबल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, हाई जम्प लगायतका प्रतियोगिता सञ्चालन भएका थिए ।   

विद्याथपर््ीहरुले प्रतियोगितामा आफना प्रतिभाहरु खुलेर प्रशंसनीय ढंगले प्रस्तुत गरे । मेला विद्यार्थीहरुका लागि रचनात्मक र सिर्जनात्मक ढंगका कृयाकलाप प्रयोगात्मक रुपमा निर्माण गरि आम दर्शक सामु प्रस्तुत गर्ने सुनौलो अवसर थियो   

मेलामा जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, शिक्षक, विद्यार्थी तथा आम दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो । 

मेलामा विद्यार्थीहरुले कृषि उत्पादन, विभिन्न भौतिक पुर्वाधार, स्मार्ट सिटी, रिसोर्ट, आ( 

विद्यार्थीहरुले आफना प्रतिभाहरु प्रस्तुत गर्न पाउँदा खुसी समेत व्यक्त गरेका छन ।   

मेला सफल पार्न गलकोट नगरपालिका, नगर कार्य पालिका, शिक्षा, युवा तथा खेलकुद शाखा, विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघले निकै मेहनत गरेका थिए ।   

मेलामा विभिन्न प्रतियोगिता, प्रदर्शनीमा उत्कृष्ट हुने समूह विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।   

नगरपालिका संघ गण्डकी प्रदेश संयोजक एवं गोरखा पालुङटार नगरपालिकाका मेयर दिपक बाबु कँडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता गलकोट नगरपालिकाका मेयर भरत शर्माको थियो ।   

गलकोट नगरपालिकाका नगर प्रवक्ता हिम बहादुर भण्डारीको स्वागत र गलकोट माध्यमिक विद्यालयका शिक्षक पुरन घर्ती मगरको सञ्चालनमा मेला सम्पन्न भएको थियो । 

मेला गत वर्ष पहिलो पटक सञ्चालन गरिएको थियो ।गलकोट माध्यमिक विद्यालय गलकोट नगरपालिका ३ हटियामा आयोजना भएको मेला आज विधिवत रुपमा समापन गरिएको हो ।   

शैक्षिक प्रदर्शनी तथा बाल मेलाले अबको शिक्षा निती प्रयोगात्मक र समय सापेक्ष हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेको सरोकारवालाले बताएका छन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =