थवाङको उपचुनाव : १२८४ मतदाता, २०९ मत मात्र खस्यो

मंसिर १४ , काठमाडौं । रोल्पाको  थवाङ गाउँको थवाङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष चयनका लागि शनिबार मतदान भएको छ । तर मत एकदमै न्यून खसेको छ । 

यो वडामा कुल मतदाता १२८४ छन् । तर २०९ मत अर्थात १६.२८ प्रतिशत मात्र खसेको छ । ११० पुरुष र ९५ जना महिलाले मात्रै मतदान गर्न आएको मुख्य निर्वाचन अधिकृत ऋषिराम सुबेदीले जानकारी दिए । 

वडाध्यक्षका लागि नेकपा का जनकबहादुर बुढामगर र नेपाली कांग्रेसका कमलबहादुर रोकामगरबीच प्रतिस्पर्धा हुने अनुमान छ। थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएको थियो । यो त्यही वडा हो, जहाँ वडाध्यक्षसहित सबै पदाधिकारी नेत्रविक्रम चन्द समूहको नेतृत्व विजयी भएका थिए । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 4 =