प्रहरी कार्यालयमै प्रहरीलाई घुस दिन खोज्ने व्यापारी पक्राउ

पुष २, काठमाडौँ । बुधबार प्रहरी कार्यालयमा आएर प्रहरीलाई घुस दिन खोज्ने एक व्यापारी पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कार्यालयमा आएर घुस दिन खोजेको आरोपमा रुपन्देहीको बसन्तपुर गाउँपालिका ४ का गोरु ब्यापारी जहरुद्धिन तेलीलाई पक्राउ गरिएको हो ।   

पक्राउ परेका तेलीले स्याङ्जा वालिङको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई गोरु ब्यापारमा सहयोग गर्नुपर्‍यो भन्दै १५ हजार घुस दिन खोज्दा घुस रकम सहित पक्राउ गरिएको  अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए । 

Image result for प्रहरीलाई घुस दिन खोज्ने व्यापारी पक्राउ

प्रवक्ता कोइरालाका अनुसार हाल पक्राउ परेका तेलीमाथी कारवाहीको लागि थप अनुसन्धान भईरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =