जनमाेर्चाकाे युवक संघकाे मेचीमहाकाली अभियान जारी

माघ १६, काठमाडाैं । अखिल नेपाल युवक संघको मेची महाकाली खबरदारी अभियानले तिब्रता पाएकाे छ । अखिले नेपाल युवक संघका अध्यक्ष अनिल किशोर घिमिरे नेतृत्वको टाेली बाँकेमा पुगेको हाे ।
“समृद्धिको बाधक भ्रष्टाचारको अन्त्य गर!, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर!” भन्ने नारा सहितको खबरदारी अभियान सञ्चालन गरिएकाे छ । संघकाे महाकाली खबरदारी अभियान टोलीलाई बाँकेमा स्वागत गर्नको लागि युवक संघ बाँके र राष्ट्रिय जनमोर्चा बाँकेको नेतृत्वमा बाँकेदेखि करिब ६० जनाको टोलि बर्दियाको बाँसगढी बजारमा पुगेको थियो ।
अभियानटोलीलाई बाँकेद्वारा स्वागत गर्दै अखिल नेपाल युवक संघ बाँकेका अध्यक्ष भरत खड्काले अबिर लगाइदिए भने रक्तिम सांस्कृतिक अभियान केन्द्रिय उपाध्यक्ष मानबहादुर भण्डारी र बाँकेका पुर्ब संयोजक शरद लामिछानेले खादा पहिराइदिए ।

राष्ट्रिय जनमोर्चा बाँकेका पुर्व अध्यक्ष गौरीलाल कार्कीले बाँकेको स्वागत टोलिको नेतृत्व गरेको अखिल नेपाल युवक संघको झण्डा अभियान कमान्डर तथा केन्द्रिय अध्यक्ष अनिलकिशोर घिमिरेलाई हस्तान्तरण गरेर स्वागत गरेका थिए । उक्त स्वागत कार्यक्रममा बाँकेका राष्ट्रिय जनमोर्चाका उल्लेख्य नेता कार्यकर्ताको उपस्थित थियो ।
कोणसभा सम्पन्न
राष्ट्रिय जनमाेर्चाका नेता तथा पुर्व सांसद नेता हरि आचार्यले अहिले मुलुकमा सत्तामा बस्नेहरु बाट नै भ्रष्टाचार संस्थागत रूपमा भैरहेको बताएका छन् । अखिल नेपाल युवक संघको मेची महाकाली खबरदारी अभियान कोहलपुर चौराहाकाे कोणसभामा बाेल्दै युवाहरूको खबरदारी अभियान ऎतिहाँसिक हुने बताएका हुन् ।
अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष अनिलकिशोर घिमिरेले राज्यका हरेक क्षेत्र र अंग भ्रष्टाचारमा चुर्लुम्म डुबेको, राष्ट्रियता अत्यन्तै कमजोर भैरहेको र त्यो सँग राष्ट्रघाती नागरिकता विधेयक जोडिएको हुनाले युवाहरु र सम्पुर्ण जनता त्यसका विरुद्ध सचेत रहन र उभिन यो खबरदारी अभियानको आयोजना गरेकाे बताए ।
कोणसभालाई राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश अध्यक्ष भरत शाहीले समेत सम्बोधन गरेका थिए । रक्तिम सांस्कृतिक अभियानका कलाकारले रक्तिमका पुर्व केन्द्रिय अध्यक्ष तथा जनगायक जीवन शर्माको छोड छोड विस्तारवाद हाम्रो सिमा छोड भारतीय सेनाहरु कालापानी छोड भन्ने गीत सहित केहि सांस्कृतिक प्रस्तुति पस्केका थिए ।
यता नेपालगन्जमा भएको कोणसभालाई युवक संघ उपाध्यक्ष चित्र एमसी र सुकुम्बासी संघ अध्यक्ष तुल्सिराम सापकोटाले सम्बोधन गरेका थिए ।
बाँसगढीमा युवक संघ सचीव प्रसान्त थापाले संचालन गरेको कोणसभामा अध्यक्ष अनिल किशोर घिमिरेले सम्बोधन गरेका थिए । टोलि भोलि दाङको तुल्सिपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।








