नेकपाले पार्टी कार्यालयमा क्वारेन्टाइन बनाउन दिने

चैत्र ९, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेले पार्टी कार्यालय भवनलाई क्वारेन्टाइन बनाउन दिने भएको छ। आइतबार बसेको जिल्ला कमिटीको बैठकले कोरोना संक्रमणको जोखिम कम गर्न पार्टी कार्यालयलाई क्वारेन्टाइनमा बदल्ने निर्णय गरेको हो। 

नेकपा बाँकेले जिल्लामा कोरोना संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन मातहतका पार्टी कमिटी, जन संगठन परिचालन गर्ने निर्णय गरेको छ। चैत्र २२ गतेसम्म पार्टीका कुनै कार्यक्रम आयोजना नगर्ने निर्णय भएको जिल्ला कार्यालय सदस्य तथा संगठन विभाग प्रमुख रत्न खत्रीले जानकारी दिए। 

बैठकले नेपालगन्जमा र कोहलपुरमा रहेको पार्टी कार्यालय क्वारेन्टाइनका लागि उपलब्ध गराउने, सम्पूर्ण पार्टीपंक्ति लाई स्वयंसेवक का लागि तयारी अवस्थामा रहन निर्देशन दिने, कोरोनाबारे आ–आफ्नो ठाउँबाट सचेतन फैलाउन अपिल गर्ने निर्णय गरेको खत्रीले बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + four =