वार्षिकोत्सवको अवसरमा सिद्धार्थ बैंकले ल्यायो विशेष छुट योजना

पुस ०९, काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि विशेष छुटको योजना ल्याएको छ । 

सिद्घार्थ बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि विशेष छुटको योजना ल्याएको हो । 

१७ औं वार्षिकोत्सव (पौष ९ गते, बुधबार)लाई लक्षित गरी पौष ९ गते देखि माघ १० गते ३१ दिन सम्म बैंकले छुटको योजना ल्याएको हो । 

यस योजनामा ग्राहकहरुले दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५ प्रतिशतसम्म (अधिकतम पाँच सय रुपैयाँ) छुट पाउनेछन्। यस्तै, पहिलो दुई पटक पाँच सय वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा पाँच सय रुपैयाँ क्यास ब्याक पाइनेछ। 

पहिलो दुई पटक रु पाँच सय वा सो भन्दा बढि रकमको पीओएस मेसिन मार्फत् कारोबार गर्दा रु ३ सय ८२ क्यास ब्याक हुनेछ। यस्तै, एक महिना भित्र कम्तिमा तीन पटक गरी कुल १५ हजारका पीओएसे मेसिन मार्फत् कारोबार गर्दा रु १ हजार क्यास ब्याक पाइनेछ। 

यसैगरी बैंकस्मार्ट मार्फत् पहिलो पटक अधिकतम रु ५०० को मोबाइल टप अप गर्दा २० प्रतिशत क्यास ब्याक पाइने बैंकले जनाएको छ। 

बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटीएम, र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय र सहज बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =